काठमाडौं। रोमेलु लुकाकुको दुई गोलप्रेरित इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा शतप्रतिशत नतिजा निकाल्ने क्रममा गएराति बेनेभेन्टोमाथि ५-२ को विजय हासिल गरेको छ।
आर्चफ हाकिमीको पासमा लुकाकुले गरेको गोलमा इन्टरले पहिलो मिनेटमै अग्रता लिएको थियो। एश्ले योङको पासमा रोबर्टो गाग्लियार्दिनीले २५औं मिनेटमा अग्रता दोब्बर बनाए। गाग्लियार्दिनीकै पासमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे।
जियानलुका काप्ररीको ३४औं मिनेटमा गरेको गोलबाट बेनेभेन्टोले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो। ४२औं मिनेटमा इन्टरका हाकीमीले अर्को गोल थपे भने ७१औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरेपछि भ्रमणकारी टीमले सहज विजय हासिल गर्यो। घरेलु टीमका लागि अर्को गोल काप्ररीले ७६औं मिनेटमा गरे।
एन्टोनियो कोन्टेको इन्टरले पहिलो खेलमा फियोरेन्टिनालाई ४-३ ले पराजित गरेको थियो। जितसँगै दुई खेलबाट ६ अंक जोडेको इन्टर लिगको तेस्रो स्थानमा छ। समान ६ अंक जोडेको नापोली शीर्ष स्थानमा छ भने एटलान्टा दोस्रो स्थानमा छ।
गएराति नै भएको खेलमा एटलान्टाले लाजियोलाई ४-१ ले पराजित गरेको थियो।
" /> काठमाडौं। रोमेलु लुकाकुको दुई गोलप्रेरित इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा शतप्रतिशत नतिजा निकाल्ने क्रममा गएराति बेनेभेन्टोमाथि ५-२ को विजय हासिल गरेको छ।आर्चफ हाकिमीको पासमा लुकाकुले गरेको गोलमा इन्टरले पहिलो मिनेटमै अग्रता लिएको थियो। एश्ले योङको पासमा रोबर्टो गाग्लियार्दिनीले २५औं मिनेटमा अग्रता दोब्बर बनाए। गाग्लियार्दिनीकै पासमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे।

">