काठमाडौं। रहिम स्टर्लिङको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले गएराति बर्नलीलाई ३-० पराजित गर्दै काराबाओ कपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ।

सुरूबाटै खेलमा हावी भएको साविक विजेता सिटीले ३५औं मिनेटमा अग्रता लिएको थियो। सिटीले स्टर्लिङको गोलबाट अग्रता लिएको हो। स्टर्लिङले बेन्जामिन म्यान्डीको पासमा गोल गरेका हुन्। स्टर्लिङले ४९औं मिनेटमा अग्रता दोब्बर बनाए।

फरान टोरेसले ६५औं मिनेटमा अर्को गोल थपे। टोरेस स्पेनिस क्लब भ्यालेन्सियाबाट यसै दुई करोड सात लाख ८० हजार पाउण्डमा सिटीसँग अनुबन्ध भएका थिए। सिटीमा उनको यो पहिलो गोल हो।

सिटी प्रिमियर लिगमा लेस्टर सिटीसँग ५-२ ले पराजित भएको थियो। बिहीबार राति आर्सनल र लिभरपुलबीचको नतिजा आएपछि लिग कपमा क्वार्टरफाइनलको ‘ड्र’ हुनेछ।

यसै महिनाको सुरूमा कोरोना भाइरस संक्रमित भएका लापोर्टेले जारी सिजनको पहिलो खेल खेले। २६ जुलाईपछि सिटीले गोल नखाएको यो पहिलो पटक हो।

‘‘हामीले गोल खाएनौं। त्यो महत्त्वपूर्ण हो। टीमको प्रदर्शन ठिकै मात्र रह्यो,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘तर हामीले लय भेट्टाउन अझै मिहेनत गर्नुपर्छ। हामीले राम्रोसँग प्रशिक्षण गर्न पाएका छैनौं। किनकि हाम्रा धेरै खेलाडी उपलब्ध छैनन्। चार घाइते छन् भने ६ खेलाडीमा कोरोना संक्रमण देखिएको छ। विस्तारै सबै खेलाडी उपलब्ध भएपछि हामी धेरै राम्रो गर्न सक्छौं।’’

" /> काठमाडौं। रहिम स्टर्लिङको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले गएराति बर्नलीलाई ३-० पराजित गर्दै काराबाओ कपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ।

सुरूबाटै खेलमा हावी भएको साविक विजेता सिटीले ३५औं मिनेटमा अग्रता लिएको थियो। सिटीले स्टर्लिङको गोलबाट अग्रता लिएको हो। स्टर्लिङले बेन्जामिन म्यान्डीको पासमा गोल गरेका हुन्। स्टर्लिङले ४९औं मिनेटमा अग्रता दोब्बर बनाए।

फरान टोरेसले ६५औं मिनेटमा अर्को गोल थपे। टोरेस स्पेनिस क्लब भ्यालेन्सियाबाट यसै दुई करोड सात लाख ८० हजार पाउण्डमा सिटीसँग अनुबन्ध भएका थिए। सिटीमा उनको यो पहिलो गोल हो।

सिटी प्रिमियर लिगमा लेस्टर सिटीसँग ५-२ ले पराजित भएको थियो। बिहीबार राति आर्सनल र लिभरपुलबीचको नतिजा आएपछि लिग कपमा क्वार्टरफाइनलको ‘ड्र’ हुनेछ।

यसै महिनाको सुरूमा कोरोना भाइरस संक्रमित भएका लापोर्टेले जारी सिजनको पहिलो खेल खेले। २६ जुलाईपछि सिटीले गोल नखाएको यो पहिलो पटक हो।

‘‘हामीले गोल खाएनौं। त्यो महत्त्वपूर्ण हो। टीमको प्रदर्शन ठिकै मात्र रह्यो,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘तर हामीले लय भेट्टाउन अझै मिहेनत गर्नुपर्छ। हामीले राम्रोसँग प्रशिक्षण गर्न पाएका छैनौं। किनकि हाम्रा धेरै खेलाडी उपलब्ध छैनन्। चार घाइते छन् भने ६ खेलाडीमा कोरोना संक्रमण देखिएको छ। विस्तारै सबै खेलाडी उपलब्ध भएपछि हामी धेरै राम्रो गर्न सक्छौं।’’

"> म्यानचेस्टर सिटी लिग कपको क्वार्टरफाइनलमा: Dekhapadhi
म्यानचेस्टर सिटी लिग कपको क्वार्टरफाइनलमा
काठमाडौं। रहिम स्टर्लिङको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले गएराति बर्नलीलाई ३-० पराजित गर्दै काराबाओ कपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ।

सुरूबाटै खेलमा हावी भएको साविक विजेता सिटीले ३५औं मिनेटमा अग्रता लिएको थियो। सिटीले स्टर्लिङको गोलबाट अग्रता लिएको हो। स्टर्लिङले बेन्जामिन म्यान्डीको पासमा गोल गरेका हुन्। स्टर्लिङले ४९औं मिनेटमा अग्रता दोब्बर बनाए।

फरान टोरेसले ६५औं मिनेटमा अर्को गोल थपे। टोरेस स्पेनिस क्लब भ्यालेन्सियाबाट यसै दुई करोड सात लाख ८० हजार पाउण्डमा सिटीसँग अनुबन्ध भएका थिए। सिटीमा उनको यो पहिलो गोल हो।

सिटी प्रिमियर लिगमा लेस्टर सिटीसँग ५-२ ले पराजित भएको थियो। बिहीबार राति आर्सनल र लिभरपुलबीचको नतिजा आएपछि लिग कपमा क्वार्टरफाइनलको ‘ड्र’ हुनेछ।

यसै महिनाको सुरूमा कोरोना भाइरस संक्रमित भएका लापोर्टेले जारी सिजनको पहिलो खेल खेले। २६ जुलाईपछि सिटीले गोल नखाएको यो पहिलो पटक हो।

‘‘हामीले गोल खाएनौं। त्यो महत्त्वपूर्ण हो। टीमको प्रदर्शन ठिकै मात्र रह्यो,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘तर हामीले लय भेट्टाउन अझै मिहेनत गर्नुपर्छ। हामीले राम्रोसँग प्रशिक्षण गर्न पाएका छैनौं। किनकि हाम्रा धेरै खेलाडी उपलब्ध छैनन्। चार घाइते छन् भने ६ खेलाडीमा कोरोना संक्रमण देखिएको छ। विस्तारै सबै खेलाडी उपलब्ध भएपछि हामी धेरै राम्रो गर्न सक्छौं।’’

प्रतिक्रिया दिनुहोस्