काठमाडौं। भिनिसिस जुनियरको एक मात्र गोलमा साविक विजेता रियाल मड्रिडले लालिगामा दोस्रो जित हात पारेको छ। गएराति मड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा रियाल भालाडोलिडलाई १-० ले पराजित गरेको हो।
जिनेदिन जिदानको टोलीले उक्त जित निकाल्न निकै संघर्ष गर्नुपरेको थियो। पहिलो हाफ गोरहित बराबरीमा टुंगिएको खेलमा ५८औं मिनेटमा लुका जोभिकको स्थानमा मैदान प्रवेश गरेका भिनिसिसले निर्णायक गोल गर्दै मड्रिडलाई महत्वपूर्ण तीन अंक दिलाए। उनले ६५औं मिनेटमा गोल गरेका हुन्।
उक्त जितसँगै मड्रिडले तीन खेलबाट सात अंक जोडेको छ। पहिलो खेल बराबरी खेलेको मड्रिडले दोस्रो खेलमा जित निकालेको थियो। अंक तालिकामा रियाल मड्रिड तेस्रो स्थानमा उक्लिएको छ।
" /> काठमाडौं। भिनिसिस जुनियरको एक मात्र गोलमा साविक विजेता रियाल मड्रिडले लालिगामा दोस्रो जित हात पारेको छ। गएराति मड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा रियाल भालाडोलिडलाई १-० ले पराजित गरेको हो।जिनेदिन जिदानको टोलीले उक्त जित निकाल्न निकै संघर्ष गर्नुपरेको थियो। पहिलो हाफ गोरहित बराबरीमा टुंगिएको खेलमा ५८औं मिनेटमा लुका जोभिकको स्थानमा मैदान प्रवेश गरेका भिनिसिसले निर्णायक गोल गर्दै मड्रिडलाई महत्वपूर्ण तीन अंक दिलाए। उनले ६५औं मिनेटमा गोल गरेका हुन्।
उक्त जितसँगै मड्रिडले तीन खेलबाट सात अंक जोडेको छ। पहिलो खेल बराबरी खेलेको मड्रिडले दोस्रो खेलमा जित निकालेको थियो। अंक तालिकामा रियाल मड्रिड तेस्रो स्थानमा उक्लिएको छ।
">