काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिचले स्विडेनका मिकाएल येमरमाथि ३-० सेटको सहज विजय हासिल गर्दै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।
१८औं ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेका सर्वियाका जोकोभिचले येमरलाई ६-०, ६-२, ६-३ स्कोरमा पराजित गरेका थिए। पहिलो सेट जित्न २० मिनेट समय लगाएका जोकोभिचले खेल जित्न एक घण्टा ३८ मिनेट समय लगाएका थिए।
जोकोभिचले अब दोस्रो चरणमा रिकार्डस बेरानकिसविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। लिथुनियाका ३० वर्षे बेरानकिसले बोलिभियाका ह्युगो डेलिएनलाई ६-१, ६-४, ६-४ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएका थिए।
पाँचौं वरियाताका स्टेफानोस सिट्सीपसले दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो चरणमा स्थान बनाउन सफल भए। ग्रिसका सिट्सीपसले स्पेनका जाउमी मुनारलाई ४-६, २-६, ६-१, ६-४, ६-४ को सेटमा हराएका थिए।
सिट्सीपसले अब पाब्लो कुएवाससँग प्रतिस्पर्धा गर्नेछ। कुएवासले हेनरी लाकसेननलाई ६-१, २-६, ६-४, ६-२ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएका हुन्।
१३औं वरियाताका एन्ड्रयू रुबलेभले पनि पहिलो दुई सेट गुमाएर पुनरागमन गरे। रुबलेभले अमेरिकाका साम क्वेरीलाई ६-७ (५/७), ६-७ (४/७), ७-५, ६-४, ६-३ को सेटमा हराएका हुन्।
सातौ वरियाताप्राप्त माट्टेयो बोरेट्टिनीले भासेक पोस्पिसिललाई ६-३, ६-१, ६-३ को सेटमा हराए। त्यस्तै नवौं वरियाताप्राप्त क्यानडाका डेनिस शापोभालोपले फ्रान्सका गिलेस सिमोनलाई ६-२, ७-५, ५-७, ६-३ को सेटमा हराए।
" /> काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिचले स्विडेनका मिकाएल येमरमाथि ३-० सेटको सहज विजय हासिल गर्दै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।१८औं ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेका सर्वियाका जोकोभिचले येमरलाई ६-०, ६-२, ६-३ स्कोरमा पराजित गरेका थिए। पहिलो सेट जित्न २० मिनेट समय लगाएका जोकोभिचले खेल जित्न एक घण्टा ३८ मिनेट समय लगाएका थिए।

">