काठमाडौं। पेनाल्टी सुटआउटमा मासन माउन्टले चुकेपछि चेल्सी गएराती काराबाओ कपको चौथो चरणमा टोटेनह्यामसँग ५-४ ले पराजित भएको छ।
निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटसम्म लम्बिएको हो। पेनाल्टी सुटआउटमा ९ प्रहार गोलमा परिणत भएको थियो। चेल्सीबाट अन्तिममा पेनाल्टी हान्न आएका माउन्टको प्रहार बाहिरिएको थियो।
पहिलो हाफमा हाबी बनेको चेल्सीले १९औं मिनेटमा अग्रता लिएको थियो। टिमो वेर्नरले गरेको गोलमा चेल्सीले अग्रता लिएको हो। आरबी लाइपजिगबाट यसै सिजन चेल्सीसँग अनुबन्ध भएका वेर्नरको यो पहिलो गोल हो।
खेल सकिन ६ मिनेट बाँकी हुँदा टोटेनह्यामका इरिक लामेलाले बराबरी गोल फर्काए। लामेलाले यसै सिजन टोटेनह्यामसँग अनुबन्ध भएका सर्जियो रेगुइलनको पासमा गोल गरेका हुन्।
निर्धारित ९० मिनेट सकिएपछि समय थप नगरी सिधै पेनाल्टी प्रहार गरिएको थियो। पेनाल्टी सुटआउटमा चेल्सीका माउन्टले मात्र गोल गरेनन्।
टोटेनह्यामका इरिक डायर, लामेला, पिइरे-इमिले होजबर्ग, लुकास मोउरा र ह्यारी केनले गोल गरे। चेल्सीका टमी अब्राहम, सेसर एज्पिक्वेटा, जर्जिन्हो र इमर्सनले गोल गरे।
" /> काठमाडौं। पेनाल्टी सुटआउटमा मासन माउन्टले चुकेपछि चेल्सी गएराती काराबाओ कपको चौथो चरणमा टोटेनह्यामसँग ५-४ ले पराजित भएको छ।निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटसम्म लम्बिएको हो। पेनाल्टी सुटआउटमा ९ प्रहार गोलमा परिणत भएको थियो। चेल्सीबाट अन्तिममा पेनाल्टी हान्न आएका माउन्टको प्रहार बाहिरिएको थियो।

">