हैदराबादले दिल्लीलाई दियो १६३ रनको लक्ष्य, बेयरिस्टोको अर्धशतक

काठमाडौं। जोनी बेयरिस्टोको अर्धशतकप्रेरित सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई १६३ रनको विजक्ष लक्ष्य दिएको छ।

अबुधाबीस्थित शेख जाइद रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रनको योगफल तयार गर्‍यो

हैदराबादका लागि बेयरिस्टोले ४८ बलमा २ चौका र १ छक्कासहित ५३ रनको योगदान गरे।

त्यस्तै कप्तान डेभिड वार्नरले २२ बलमा ३ चौका र २ छक्कासहित ४५ तथा केन विलियमसनले २६ बलमा ५ चौकासहित ४१ रन जोडे।

दिल्लीका लागि कागिसो रवाडा र अमित मिश्राले २/२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्