काठमाडौं। मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालाई सद्भावना दूत नियुक्त गरेको छ।
मनास्लु कलेजका अध्यक्ष गजेन्द्र लामा र प्रधानाध्यापक राजन श्रेष्ठ तथा थापाले एक वर्षे सम्झौतापत्रमा हस्ताक्षर गरे।
अध्यक्ष लामाले सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा मनास्लुले शिक्षासँगै खेलकुदलाई पनि अति महत्त्व दिएको बताए। त्यही सन्देश दिन नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानलाई सद्भावना दूत बनाएको उनको भनाइ थियो।
फुटबलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगनमा चिनाउन सफल खेलाडीलाई मनास्लुको सद्भावना दूत बनाउन पाउँदा खुशी लागेको बताउदै मनास्लुका प्रधानाध्यापक श्रेष्ठले खेलाडीलाई अवसर दिनुका साथै प्रतिभावान खेलाडीको संरक्षण गर्न कलेज सधै तयार रहेको प्रतिबद्धता जनाए।
पूर्वकप्तान थापाले कलेजसँग सहकार्य गर्ने अवसर दिएकोमा मनास्लु परिवारलाई धन्यवाद दिँदै खेलकुदको पाटोमा विशेष गरी फुटबलमा अघि बढ्न कलेजलाई सक्दो सहयोग गर्ने बताएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
भारतमा सन् २०११ मा भएको साफ च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’को लिग चरणको खेलमा बंगलादेशविरुद्ध खेलको अन्तिम समयमा फ्रि-किकमार्फत् सागरले गरेको गोलले विश्वव्यापी चर्चा कमाएको थियो।
खेल मिलोमतोको अभियोगमा थापालाई एसियाली फुटबल महासंघ (एएफसी)ले आजीवन प्रतिबन्ध लगाएको छ। पाँच वर्षअघि खेल मिलोमतोको अभियोग लागेपछि फुटबल करियरमा पूर्णविराम लागेका थापासहित पाँच खेलाडीलाई हालै सर्वोच्च अदालतले सफाइ दिएको थियो।
" /> काठमाडौं। मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालाई सद्भावना दूत नियुक्त गरेको छ।मनास्लु कलेजका अध्यक्ष गजेन्द्र लामा र प्रधानाध्यापक राजन श्रेष्ठ तथा थापाले एक वर्षे सम्झौतापत्रमा हस्ताक्षर गरे।

">