काठमाडौं। फ्रेन्च ओपनमा १२ पल्टका विजेता स्पेनका राफेल नाडालले पहिलो चरणमा बेलारुसका इगोर गेरासिमोभलाई ३-० को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएका छन्।
३४ वर्षे नाडालले जितका लागि दुई घण्टा पाँच मिनेट समय खर्च गरे। उनले ६–४, ६–४, ६–२ को सेटमा विजय हासिल गरेका हुन्।
यूएस ओपन विजेता डोमिनिक थिमले पनि क्रोएसियाका मारिन सिलिचलाई ६–४, ६–३, ६–३ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाए।
चौथो वरीयताप्राप्त रुसका ड्यानिल मेदभेदेभ भने पहिलो चरणबाटै बाहिरिए। मेदभेदेभ मार्टन फुक्सोभिक्ससँग पराजित भएका हुन्। मेदभेदेभ ६–४, ७–६(७/३), २–६, ६–१ को सेटमा पराजित भएका हुन्।
१४औं वरीयताप्राप्त फाबियो फोगनिनी र १९औं वरीयताप्राप्त फेलिक्स औगर–एलाइसाइम पहिलो चरणबाटै बाहिरिए।
इटालीका ३३ वर्षे फोगनिनी मिखाइल कुकुशकिनसँग ७–५, ३–६, ७–६(७/१), ६–० को सेटमा पराजित भएका हुन्। क्यानडाका औगर–एलाइसाइम भने जापानका योशिहितो निशियोकासँग ७–५, ६–३, ६–३ को सेटमा पराजित भए।
" /> काठमाडौं। फ्रेन्च ओपनमा १२ पल्टका विजेता स्पेनका राफेल नाडालले पहिलो चरणमा बेलारुसका इगोर गेरासिमोभलाई ३-० को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएका छन्।३४ वर्षे नाडालले जितका लागि दुई घण्टा पाँच मिनेट समय खर्च गरे। उनले ६–४, ६–४, ६–२ को सेटमा विजय हासिल गरेका हुन्।

">