काठमाडौं। कीर्तिमानी २४औं ग्राण्डस्लाम उपाधि लक्ष्यमा रहेकी सेरेना विलियम्सले फ्रेन्च ओपनको पहिलो चरणमा जितका लागि संघर्ष गर्नुपर्यो।
छैटौं वरियाताप्राप्त सेरेनाले आफ्नै देश अमेरिकाकी क्रिष्टी आनलाई २-० को सोझो सेटमा हराए पनि पहिलो सेटमा संघर्ष गर्नु परेको थियो। शनिबार ३९ वर्ष लागेकी सेरेनाले दोस्रो सेटमा भने सहज नतिजा निकालिन्।
सेरेनाले आनलाई ७-६ (७/३), ६-० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएकी हुन्। सेरेनाले अब बुल्गेरियाकी स्वेताना पिरोनकोभाविरुद्ध खेल्नेछिन्। युएस ओपनमा उत्कृष्ट प्रदर्शन गरेपछि ३३ वर्षीया पिरोनकोभालाई फ्रेन्च ओपनले वाइल्ड कार्ड दिएको थियो।
पिरोनकोभाले जर्मनीकी आन्द्रे पेत्कोभिचलाई ६-३, ६-३ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएकी हुन्।
गत वर्षको उपविजेता मार्केटा भोन्ड्रोसोवा भने प्रतियोगिताबाट बाहिरिएकी छिन्। भोन्ड्रोसोवा पहिलो चरणमा पोल्यान्डकी इगा स्वितेकसँग ६-१, ६-२ ले पराजित भएकी थिइन्।
" /> काठमाडौं। कीर्तिमानी २४औं ग्राण्डस्लाम उपाधि लक्ष्यमा रहेकी सेरेना विलियम्सले फ्रेन्च ओपनको पहिलो चरणमा जितका लागि संघर्ष गर्नुपर्यो।छैटौं वरियाताप्राप्त सेरेनाले आफ्नै देश अमेरिकाकी क्रिष्टी आनलाई २-० को सोझो सेटमा हराए पनि पहिलो सेटमा संघर्ष गर्नु परेको थियो। शनिबार ३९ वर्ष लागेकी सेरेनाले दोस्रो सेटमा भने सहज नतिजा निकालिन्।

">