काठमाडौं। रक्षापंक्तिको कमजोर प्रदर्शनका कारण फुलह्यामले गएराति इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई ३-० को नतिजा सुम्पिएको छ।
ज्याक ग्रेलिशको गोलबाट भ्रमणकारी एस्टन भिल्लाले चौथो मिनेटमै अग्रता लिएको थियो। कोनोर होरिहेनले १५औं मिनेटमा अग्रता दोब्बर बनाए। ट्रोनी मिग्सले ४८औं मिनेटमा अर्को गोल थपेपछि एस्टन भिल्लाले खेल आफ्नो पक्षमा पारेको थियो।
यससँगै एस्टन भिल्लाको अपराजित यात्रा ८ खेलसम्म लम्बिएको छ। त्यसमध्ये एस्टन भिल्ला ६ खेलमा विजयी भएको छ।
प्रिमियर लिगमा दुई खेलबाट ६ अंक जोडेको एस्टन भिल्ला चौथो स्थानमा छ। तीन खेलमा अंकविहीन बनेको फुलह्याम भने पुछारमा छ।
फुलह्यामको भने खराब प्रदर्शन जारी छ। प्रिमियर लिगको पहिलो तीन खेलमा फुलह्यामले १० गोल खाइसकेको छ।
" /> काठमाडौं। रक्षापंक्तिको कमजोर प्रदर्शनका कारण फुलह्यामले गएराति इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई ३-० को नतिजा सुम्पिएको छ।ज्याक ग्रेलिशको गोलबाट भ्रमणकारी एस्टन भिल्लाले चौथो मिनेटमै अग्रता लिएको थियो। कोनोर होरिहेनले १५औं मिनेटमा अग्रता दोब्बर बनाए। ट्रोनी मिग्सले ४८औं मिनेटमा अर्को गोल थपेपछि एस्टन भिल्लाले खेल आफ्नो पक्षमा पारेको थियो।

">