काठमाडौं। तेस्रो वरियाताप्राप्त एलिना स्भितोलिनाले रुसकी बारबारा ग्राचेभालाई २-० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छिन्।
युक्रेनकी २६ वर्षिया स्भितोलिनाले २० वर्षीया ग्राचेभासँग पहिलो सेटमा संघर्ष गर्नु परेको थियो। पहिलो सेट ७-६ (७/२) को स्कोरमा जितेकी स्भितोलिनाले दोस्रो सेट भने ६-४ ले जितिन्।
स्भितोलिनाले अब मेक्सिकोकी रेनाटा जारागुजासँग प्रतिस्पर्धा गर्नेछिन्। २२ वर्षीया जारागुजाले फ्रान्सकी १७ वर्षिया एल्सा ज्याक्विमोटमाथि ६-१, ६-२ को सहज विजय हासिल गरेकी थिइन्।
सातौं वरियाताप्राप्त पेत्रा कोभितोभाले फ्रान्सकी ओसिन डोडिनलाई २-० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाइन्।
केभितोभाले डोडिनलाई ६-३, ७-५ को सेटमा हराएकी हुन्। ३० वर्षीया केभितोभाले २०१२ मा अन्तिम चारमा स्थान बनाएकी थिइन्।
उक्त खेलमा एक हजार दर्शकलाई प्रवेश अनुमति दिइएको थियो। तर, २३ वर्षीया डोडिनले घरेलु दर्शकको फाइदा लिन सकिनन्।
केभितोभाले अब इटालीकी ज्यास्मिन पाओलिनीविरुद्ध खेल्नेछिन्। २४ वर्षीया पाओलिनीले स्पेनकी एलिओना बोल्सोभासँग प्रतिस्पर्धा गर्नेछिन्।
" /> काठमाडौं। तेस्रो वरियाताप्राप्त एलिना स्भितोलिनाले रुसकी बारबारा ग्राचेभालाई २-० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छिन्।युक्रेनकी २६ वर्षिया स्भितोलिनाले २० वर्षीया ग्राचेभासँग पहिलो सेटमा संघर्ष गर्नु परेको थियो। पहिलो सेट ७-६ (७/२) को स्कोरमा जितेकी स्भितोलिनाले दोस्रो सेट भने ६-४ ले जितिन्।

">