काठमाडौं। साविक विजेता लिभरपुलले गएराति आर्सनललाई ३-१ ले हराउँदै इङ्लिस प्रिमियर लिगमा शतप्रतिशत नतिजा निकालेको छ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलले १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो। भ्रमणकारी आर्सनलले एलेक्जेन्डर लाकाजेटको गोलबाट २५औं मिनेटमा अग्रता लिएको थियो।
त्यसको तीन मिनेट बित्न नपाउँदै सडियो मानेले बराबरी गोल फर्काए।
३४औं मिनेटमा एन्ड्रयू रोबर्टसनले गरेको गोलबाट लिभरपुलले अग्रता लियो।
खेल सकिन दुई मिनेट बाँकी हुँदा डिओगो जोटाले अर्को गोल थपेपछि लिभरपुलको तीन अंक पक्का भएको थियो। जोटा यसै सिजन उल्भरह्याम्पटनबाट लिभरपुलसँग अनुबन्ध भएका थिए।
जितसँगै लिभरपुल ९ अंकका साथ दोस्रो स्थानमा छ। समान ९ अंक जोडेको लेस्टर सिटी शीर्ष स्थानमा छ।
" /> काठमाडौं। साविक विजेता लिभरपुलले गएराति आर्सनललाई ३-१ ले हराउँदै इङ्लिस प्रिमियर लिगमा शतप्रतिशत नतिजा निकालेको छ।घरेलु मैदान एनफिल्डमा लिभरपुलले १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो। भ्रमणकारी आर्सनलले एलेक्जेन्डर लाकाजेटको गोलबाट २५औं मिनेटमा अग्रता लिएको थियो।

">