एजेन्सी। कप्तान विराट कोहली सस्तैमा पवेलियन फर्किए पनि ओपनरद्वय देवदत्त पाडिकल र एरोन फिन्च तथा एबी डी भिलियर्सको अर्धशतक प्रेरणामा रोयल च्यालेन्जर्स बेङलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)को खेलमा मुम्बई इन्डियन्सलाई २०२ रनको लक्ष्य दिएको छ।
संयुक्त अरब इमिरेट्स (युएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा पाडिकलले ५४, फिन्चले ५२ र डी भिलियर्सले ५५ रन बनाएपछि बेङलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रनको योगफल तयार गरेको थियो।
पाडिकलले ४० बलमा ५ चौका र २ छक्कासहित ५४ रनको इनिङ खेले भने फिन्चले ३५ बलमा ७ चौका र १ छक्कासहित ५२ रन बनाए। यी दुईले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए। त्यसपछि आएका कप्तान कोहली ११ बलमा ३ रन बनाएर पवेलियन फर्किए। तर डी भिलियिर्सले आक्रामक ब्याटिङ गर्ने क्रममा २४ बलमा ४ चौका र ४ छक्कासहित अविजित ५५ रन बनाएर बेङलोरको इनिङ उकासे।
बेङलोरका लागि शिभव दुबेले २७ रनको योगदान गरे। १० बल खेलेका दुबेले ३ छक्का र १ चौका प्रहार गरेका थिए।
मुम्बईका ट्रेन्ट बोल्टले दुई तथा राहुल चहरले एक विकेट लिए। चार ओभर बलिङ गरेका बोल्टले ३४ रन खर्चेका थिए भने चहरले ४ ओभरमा ३१ रन दिए।
" /> एजेन्सी। कप्तान विराट कोहली सस्तैमा पवेलियन फर्किए पनि ओपनरद्वय देवदत्त पाडिकल र एरोन फिन्च तथा एबी डी भिलियर्सको अर्धशतक प्रेरणामा रोयल च्यालेन्जर्स बेङलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)को खेलमा मुम्बई इन्डियन्सलाई २०२ रनको लक्ष्य दिएको छ।संयुक्त अरब इमिरेट्स (युएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा पाडिकलले ५४, फिन्चले ५२ र डी भिलियर्सले ५५ रन बनाएपछि बेङलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रनको योगफल तयार गरेको थियो।

">