काठमाडौं। थकाली सेवा समिति, अस्ट्रेलियाको आयोजनामा तोरनल्ह भलिबल रनिङ कपको पाँचौं संस्करण आउँदो आइतबार अक्टोबर ४ बाट सिड्नीको अर्बन बास्केटबल सेन्टरमा हुने भएको छ।
प्रतियोगितामा अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूका विभिन्न ९ टिमको सहभागिता रहने रकडेलस्थित लाल्टिन नेप्लिज कुजिन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा जानकारी गराइएको सिड्नीमा विभिन्न कलेजमा अध्यापन गराउँदै आएका प्राध्यापक राजु मानन्धरले बताएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व कोषाध्यक्षसमेत रहेका मानन्धरका अनुसार प्रतियोगितामा मोना अस्ट्रेलिया भलिबल क्लब, म्याग्दी कालिका भलिबल क्लब, पोखरा भलिबल क्लब, ढोरपाटन भलिबल क्लब, सनराइज भलिबल क्लब, छन्त्याल भलिबल क्लब, जलजला भलिबल क्लब, गल्कोट समाज भलिबल क्लब र आयोजक थकाली भलिबल क्लबको सहभागिता रहनेछ।
प्रतियोगिताको विजेताले १ हजार ७०५ तथा उपविजेताले ८०५ अस्ट्रेलियन डलर पुरस्कार पाउनेछन्। यसै गरी प्रतियोगिताका उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सर्भर, उत्कृष्ट क्विकर र उत्कृष्ट ब्लकर पनि पुरस्कृत हुने आयोजक थकाली सेवा समितिका अध्यक्ष इन्द्र तुलाचनलाई उद्धृत् गर्दै मानन्धरले जानकारी गराएका छन्।
" /> काठमाडौं। थकाली सेवा समिति, अस्ट्रेलियाको आयोजनामा तोरनल्ह भलिबल रनिङ कपको पाँचौं संस्करण आउँदो आइतबार अक्टोबर ४ बाट सिड्नीको अर्बन बास्केटबल सेन्टरमा हुने भएको छ।प्रतियोगितामा अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूका विभिन्न ९ टिमको सहभागिता रहने रकडेलस्थित लाल्टिन नेप्लिज कुजिन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा जानकारी गराइएको सिड्नीमा विभिन्न कलेजमा अध्यापन गराउँदै आएका प्राध्यापक राजु मानन्धरले बताएका छन्।

">