काठमाडौं। लियोनल मेसीले पेनाल्टीमा गोल गरेको दिन बार्सिलोनाले गएराति स्पेनसि ला लिगामा भिल्लारियालमाथि ४-० को सहज नतिजा निकालेको छ। नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पनि बार्सिलोनामा सुखद सुरुआत गरेका छन्।
बार्सिलोनाको पहिलो दुई गोल युवा खेलाडी अंसु फातीले गरेका थिए। जोर्डी अल्बाको पासमा फातीले १५औं मिनेटमा बार्सिलोनालाई अग्रता दिएका थिए। उनले १९औं मिनेटमा फिलिप कौटिन्होको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।
मेसीले ३५औं मिनेटमा पेनाल्टीमा गोल गरे। यससँगै ला लिगाको १७ फरक सिजनमा गोल गर्ने मेसी छैटौं खेलाडी बने। अघिल्लो सिजन सकिने बित्तिकै क्लब छाड्ने मेसीको निर्णयले विश्व फुटबल नै तरंगित बनेको थियो।
३३ वर्षे मेसीले गत सिजन सकिने बित्तिकै क्लबलाई पत्र पठाएर फ्री ट्रान्सफरमा बार्सिलोना छाड्न पाउनु पर्ने बताएका थिए। तर ७० करोड युरोभन्दा कम रकममा जान नदिने अडान कायम राखेपछि मेसीले बार्सिलोनामै बस्ने निर्णय लिएका थिए।
बार्सिलोनाले चौथो गोल आत्मघाती उपहार पाएको थियो। भिल्लारियालका पाउ टोरेसले आत्मघाती गोल गरेका थिए।
यससँगै नयाँ प्रशिक्षक कोम्यानले सिजनमा सुखद सुरुआत गरेका छन्। च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८-२ ले पराजित भएपछि बार्सिलोनाले क्विक सेटिनलाई बर्खास्त गरेको थियो। सेटिनको स्थान कोम्यानले लिएका हुन्।
बार्सिलोनाविरुद्ध बायर्नबाट दुई गोल गरेका कौटिन्होलाई कोम्यानले पहिलो रोजाइमा खेलाएका थिए। उनी गत सिजन लोनमा बायर्न गएका थिए।
यसै सिजन अनुबन्ध भएका मिरालम पिजानिक, फ्रान्सिस्को ट्रिनकाओ र पेड्रीले दोस्रो हाफमा डेब्यू गरे।
" /> काठमाडौं। लियोनल मेसीले पेनाल्टीमा गोल गरेको दिन बार्सिलोनाले गएराति स्पेनसि ला लिगामा भिल्लारियालमाथि ४-० को सहज नतिजा निकालेको छ। नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पनि बार्सिलोनामा सुखद सुरुआत गरेका छन्।बार्सिलोनाको पहिलो दुई गोल युवा खेलाडी अंसु फातीले गरेका थिए। जोर्डी अल्बाको पासमा फातीले १५औं मिनेटमा बार्सिलोनालाई अग्रता दिएका थिए। उनले १९औं मिनेटमा फिलिप कौटिन्होको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।

">