काठमाडौं। हिर्भिङ लोजानोको दुई गोलप्रेरित नापोलीले गएराति इटालियन सिरी ‘ए’ मा जिनोवामाथि ६-० को फराकिलो विजय हासिल गरेको छ।
लोजानोले १०औं मिनेटमा गरेको गोलबाट नापोलीले अग्रता लिएको थियो। पिओटर जेलिनिस्कीले ४६औं मिनेटमा अग्रता दोब्बर बनाए। ५७औ मिनेटमा द्रिइस मार्टेन्सले तेस्रो गोल थपे। ६५औं मिनेटमा लोजानोले व्यक्तिगत दोस्रो गोल गरे।
इलिजिफ इलमसले ६९ तथा माटेओ पोलिटानोले ७२औं मिनेटमा गोल गरे। लगातार दोस्रो जितसँग ६ अंक जोडेको नापोली शीर्ष स्थानमा छ। नापोलीले पहिलो खेलमा पर्मालाई २-० ले पराजित गरेको थियो।
समान ६ अंक जोडेको एसी मिलान दोस्रो स्थानमा छ। मिलानले गएराति क्रोटोनीलाई २-० ले पराजित गरेको थियो। मिलानको जितमा फ्रान्क केसिइ र ब्राहिम डियाजले गोल गरे। मिलानले पहिलो खेलमा बोलोग्नालाई पनि २-० ले नै पराजित गरेको थियो।
समान ६ अंकका साथ तेस्रो स्थानमा रहेको हेलास भेरोनाले युडिनेसलाई १-० ले पराजित गर्याे। हेलास भेरोनाको जितमा आन्द्रे फाभिलीले ५७औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। हेलास भेरोनाले पहिलो खेलमा एस रोमालाई ३-० ले पराजित गरेको थियो।
" /> काठमाडौं। हिर्भिङ लोजानोको दुई गोलप्रेरित नापोलीले गएराति इटालियन सिरी ‘ए’ मा जिनोवामाथि ६-० को फराकिलो विजय हासिल गरेको छ।लोजानोले १०औं मिनेटमा गरेको गोलबाट नापोलीले अग्रता लिएको थियो। पिओटर जेलिनिस्कीले ४६औं मिनेटमा अग्रता दोब्बर बनाए। ५७औ मिनेटमा द्रिइस मार्टेन्सले तेस्रो गोल थपे। ६५औं मिनेटमा लोजानोले व्यक्तिगत दोस्रो गोल गरे।

">