काठमाडौं। लुइस स्वारेजले बेन्चबाट गएर दुई गोल गरेको खेलमा एट्लेटिको मड्रिडले गएराति स्पेनिस ला लिगामा ग्रानाडामाथि ६-१ को विजय हासिल गरेको छ।
३३ वर्षे स्वारेज बार्सिलोनाबाट गत शुक्रबार मात्र एट्लेटिकोसँग अनुबन्ध भएका हुन्। बार्सिलोनामा ६ वर्ष विताएका स्वारेजले २८३ खेलमा १९८ गोल गरेका थिए। उनी बार्सिलोनामा धेरै गोल गर्ने तेस्रो खेलाडी हुन्।
स्वारेज ७०औं मिनेटमा डिएगो कोस्टाको स्थानमा मैदान छिरेका थिए। ८५औं मिनेटमा पहिलो गोल गरेका स्वारेजले व्यक्तिगत दोस्रो खेल इन्जुरी समयमा गरेका थिए। एट्लेटको मड्रिडमा डेब्यू खेलमै दुई गोल गर्ने स्वारेज पहिलो खेलाडी बनेका छन्।
‘‘खेलाडीलाई क्लब परिवर्तन गर्नु महत्वपुर्ण हुन्छ,’’ स्वारेजले भने, ‘‘मलाई यहाँ भव्य स्वागत गरियो। यहाँको वातावरण राम्रो छ। जसको प्रभाव मैदानमा देखियो।’’
त्यसअघि कोष्टाको गोलबाट एट्लेटिकोले नवौं मिनेटमा अग्रता लिएको थियो। ४७औं मिनेटमा एन्जेल कोरेआले अग्रता दोब्बर बनाए। ६५औं मिनेटमा जाओ फेलिक्सले अर्को गोल थपे। ७२औं मिनेटमा मार्कोस लोरेन्टेले गोल गरे।
ग्रानाडाका लागि सान्त्वना गोल ८७औं मिनेटमा जर्ज मोलिनाले गरे। १६औं मिनेटमा एट्लेटिकोले पेनाल्टी अवसर पाएको थियो। तर, साउल निगुरेजले त्यसलाई गोलमा परिणत गर्न सकेनन्।
" /> काठमाडौं। लुइस स्वारेजले बेन्चबाट गएर दुई गोल गरेको खेलमा एट्लेटिको मड्रिडले गएराति स्पेनिस ला लिगामा ग्रानाडामाथि ६-१ को विजय हासिल गरेको छ।३३ वर्षे स्वारेज बार्सिलोनाबाट गत शुक्रबार मात्र एट्लेटिकोसँग अनुबन्ध भएका हुन्। बार्सिलोनामा ६ वर्ष विताएका स्वारेजले २८३ खेलमा १९८ गोल गरेका थिए। उनी बार्सिलोनामा धेरै गोल गर्ने तेस्रो खेलाडी हुन्।

">