काठमाडौं। गत साता यूईएफए सुपर कपको उपाधि उचालेको बायर्न म्युनिख डिसेम्बर २०१९ पछि पहिलोपटक गएराति पराजित भएको छ।
साविक विजेता बायर्न जर्मन बुन्डेसलिगामा होफिनहेइमसँग ४-१ ले पराजित भएको हो।
बायर्न पछिल्लो ३२ खेलमा अपराजित थियो। त्यसमध्ये बायर्नले २३ खेल जितेको थियो।
बायर्नले गत सिजन ‘ट्रेबल’ उपाधि जितेको थियो भने गत बिहीबार राति सुपर कपको उपाधि उचालेको थियो। तर, गएराति भ्रमणकारी बायर्नले आश्चर्यजनक नतिजा निकाल्यो।
इर्मिन बिकाकिकको गोलबाट होफिनहेइमले १६औं मिनेटमा अग्रता लिएको थियो। मुनास डबुरले २४औं मिनेटमा अग्रता दोब्बर बनाए। जोशुवा किमिचले ३६औं मिनेटमा गरेको गोलबाट बायर्नले पुनरागमनको प्रयास गरेको थियो।
होफिनहेइमका आन्द्रेज क्रामारिकले ७७औं मिनेट र इन्जुरी समयमा गोल गरेपछि भ्रमणकारी बायर्न निरिह बन्यो। साविक विजेता बायर्नले रोबर्ट लेवनडोवस्कीलाई बेन्चमा राखेको थियो। प्रशिक्षक हान्सी फ्लिकले ५७औं मिनेटमा लेवनडोवस्कीलाई मैदान छिराए। तर, लेवनडोवस्की गोल गर्न असफल भए।
बायर्नले लिगको पहिलो खेलमा साल्केमाथि ८-० को फराकिलो विजय हासिल गरेको थियो। होफिनहेइमको भने यो लगातार दोस्रो जित हो।
यसअघि होफिनहेइमले कोलनलाई ३-२ ले पराजित गरेको थियो।
" /> काठमाडौं। गत साता यूईएफए सुपर कपको उपाधि उचालेको बायर्न म्युनिख डिसेम्बर २०१९ पछि पहिलोपटक गएराति पराजित भएको छ।साविक विजेता बायर्न जर्मन बुन्डेसलिगामा होफिनहेइमसँग ४-१ ले पराजित भएको हो।

">