काठमाडौं। प्याट्रिक बामफोर्डले अन्तिम समयमा गरेको गोलमा नवप्रवेशी लिड्स युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई १-० ले पराजित गरेको छ।

दुवै टीमका गोलकिपरले उत्कृष्ट प्रदर्शन गरेपछि २६ वर्षपछि भएको योर्कसायर डर्बी खेल गोलरहित बराबरीमा टुंगिने संकेत गरेको थियो। तर, खेल सकिन दुई मिनेट बाँकी हुँदा बामफोर्डले ज्याक ह्यारिसनको पासमा गोल गरेपछि लिड्स तीन अंक जोड्न सफल भयो। जारी सिजन बामफोर्डको यो तेस्रो गोल हो। उनले तीन खेलमै गोल गरेका छन्।

‘‘च्याम्पियनसिपमा मलाई योर्कसायर डर्बीको अनुभव थियो। तर प्रिमियर लिगको अनुभव फरक रह्यो। दर्शक नभएका कारण दाँज्न मिल्दैन,’’ लिड्सका प्रशिक्षक मार्सेलो बेइल्साले भने, ‘‘खेल निकै प्रतिस्पर्धात्मक रह्यो। दुई टीममा धेरै फरक थिएन। सिजन भर्खर सुरुआत भएको छ। आशा छ यो विजयी यात्राले निरन्तरता पाउनेछ।’’

प्रिमियर लिगको तीन खेलमा लिड्सको यो दोस्रो जित हो। पहिलो खेलमा लिभरपुलसँग ४-३ ले पराजित भएको लिड्सले दोस्रो खेलमा फुलह्यामलाई ४-३ ले हराएको थियो। ६ अंक जोडेको लिड्स लिगको छैटौं स्थानमा छ। कुनै अंक जोड्न नसकेको सेफिल्ड भने पुछारमा छ।

सेफिल्डले सिजनको पहिलो तीन खेल गुमाएको यो तेस्रो पटक हो। यसअघि १९६६/६७ र १९९५/९६ मा सेफिल्डले लिगको पहिलो तीन खेल हारेको थियो।

" /> काठमाडौं। प्याट्रिक बामफोर्डले अन्तिम समयमा गरेको गोलमा नवप्रवेशी लिड्स युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई १-० ले पराजित गरेको छ।

दुवै टीमका गोलकिपरले उत्कृष्ट प्रदर्शन गरेपछि २६ वर्षपछि भएको योर्कसायर डर्बी खेल गोलरहित बराबरीमा टुंगिने संकेत गरेको थियो। तर, खेल सकिन दुई मिनेट बाँकी हुँदा बामफोर्डले ज्याक ह्यारिसनको पासमा गोल गरेपछि लिड्स तीन अंक जोड्न सफल भयो। जारी सिजन बामफोर्डको यो तेस्रो गोल हो। उनले तीन खेलमै गोल गरेका छन्।

‘‘च्याम्पियनसिपमा मलाई योर्कसायर डर्बीको अनुभव थियो। तर प्रिमियर लिगको अनुभव फरक रह्यो। दर्शक नभएका कारण दाँज्न मिल्दैन,’’ लिड्सका प्रशिक्षक मार्सेलो बेइल्साले भने, ‘‘खेल निकै प्रतिस्पर्धात्मक रह्यो। दुई टीममा धेरै फरक थिएन। सिजन भर्खर सुरुआत भएको छ। आशा छ यो विजयी यात्राले निरन्तरता पाउनेछ।’’

प्रिमियर लिगको तीन खेलमा लिड्सको यो दोस्रो जित हो। पहिलो खेलमा लिभरपुलसँग ४-३ ले पराजित भएको लिड्सले दोस्रो खेलमा फुलह्यामलाई ४-३ ले हराएको थियो। ६ अंक जोडेको लिड्स लिगको छैटौं स्थानमा छ। कुनै अंक जोड्न नसकेको सेफिल्ड भने पुछारमा छ।

सेफिल्डले सिजनको पहिलो तीन खेल गुमाएको यो तेस्रो पटक हो। यसअघि १९६६/६७ र १९९५/९६ मा सेफिल्डले लिगको पहिलो तीन खेल हारेको थियो।

"> योर्कसायर डर्बीमा लिड्सलाई तीन अंक: Dekhapadhi
योर्कसायर डर्बीमा लिड्सलाई तीन अंक
काठमाडौं। प्याट्रिक बामफोर्डले अन्तिम समयमा गरेको गोलमा नवप्रवेशी लिड्स युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई १-० ले पराजित गरेको छ।

दुवै टीमका गोलकिपरले उत्कृष्ट प्रदर्शन गरेपछि २६ वर्षपछि भएको योर्कसायर डर्बी खेल गोलरहित बराबरीमा टुंगिने संकेत गरेको थियो। तर, खेल सकिन दुई मिनेट बाँकी हुँदा बामफोर्डले ज्याक ह्यारिसनको पासमा गोल गरेपछि लिड्स तीन अंक जोड्न सफल भयो। जारी सिजन बामफोर्डको यो तेस्रो गोल हो। उनले तीन खेलमै गोल गरेका छन्।

‘‘च्याम्पियनसिपमा मलाई योर्कसायर डर्बीको अनुभव थियो। तर प्रिमियर लिगको अनुभव फरक रह्यो। दर्शक नभएका कारण दाँज्न मिल्दैन,’’ लिड्सका प्रशिक्षक मार्सेलो बेइल्साले भने, ‘‘खेल निकै प्रतिस्पर्धात्मक रह्यो। दुई टीममा धेरै फरक थिएन। सिजन भर्खर सुरुआत भएको छ। आशा छ यो विजयी यात्राले निरन्तरता पाउनेछ।’’

प्रिमियर लिगको तीन खेलमा लिड्सको यो दोस्रो जित हो। पहिलो खेलमा लिभरपुलसँग ४-३ ले पराजित भएको लिड्सले दोस्रो खेलमा फुलह्यामलाई ४-३ ले हराएको थियो। ६ अंक जोडेको लिड्स लिगको छैटौं स्थानमा छ। कुनै अंक जोड्न नसकेको सेफिल्ड भने पुछारमा छ।

सेफिल्डले सिजनको पहिलो तीन खेल गुमाएको यो तेस्रो पटक हो। यसअघि १९६६/६७ र १९९५/९६ मा सेफिल्डले लिगको पहिलो तीन खेल हारेको थियो।

प्रतिक्रिया दिनुहोस्