पञ्जाबविरुद्ध राजस्थानको रोमाञ्चक जित: २२४ रन बनाउन तीन खेलाडीको अर्धशतक
काठमाडौं। आईपीएलमा २२४ रनको विशाल विजय लक्ष्य पछ्याएको राजस्थान रोयल्सले तीन खेलाडीको अर्धशतक मद्दतमा किङ्ग्स इलेभने पञ्जाबलाई ४ रनले पराजित गरको छ।
टस जितेर फिल्डिङ रोजेको राजस्थानले पहिलो इनिङको समाप्तिमा २२४ रनको विजय लक्ष्य पाएको थियो।
१२० बलमा २२४ रन बनाउनु पर्ने चुनौतीसहित जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले ओपनर जोस बटलरलाई ४ रनमा गुमाएको थियो।
पञ्जाबका लागि मोहम्मद सामीले ३, तथा जेम्स निशम, मुरुगान आश्विन र सेल्डोन कोट्रेलले १ विकेट लिए।
त्यस्तै एकै ओभरमा ५ छक्का प्रहार गरेका राहुल तेवाटियाले ३१ बलमा ५३ रनको जोडे। जोफ्रा आर्चर ३ बलमा १३ रन तथा टोमस कुरान १ बलमा ४ रन जोडेर अविजित रहे।
पहिलो इनिङमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबका लागि कप्तान केएल राहुलले ५४ बलमा ७ चौका र १ छक्कासहित ६९ रन बनाएका थिए।
विस्फोटक ब्याटिङ गरेका अर्का ओपनर मयङ्क अग्रवालले ५० बलमा १० चौका र ७ छक्कासहित १०६ रनको शानदार इनिङ खेले।
त्यस्तै ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रनमा अविजित रहेका थिए।
राजस्थानका लागि अंकित राजपूत र टोम कुरानले १/१ विकेट लिए।
राजस्थानलाई जितका लागि १२० बलमा २२४ रन आवश्यक छ।
प्रतिक्रिया दिनुहोस्