पञ्जाबले राजस्थानलाई दियो २२४ रनको लक्ष्य: अग्रवालको शतक, राहुलको अर्धशतक

काठमाडौं। ओपनरद्वय मयङ्क अग्रवालको शतक तथा कप्तान केएल राहुलको अर्धशतकप्रेरित किङ्ग्स इलेभेन पञ्जाबले आईपीएलमा राजस्थान रोयल्सलाई २२४ रनको विजय लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबका लागि कप्तान राहुलले ५४ बलमा ७ चौका र १ छक्कासहित ६९ रन बनाए।

विस्फोटक ब्याटिङ गरेका अर्का ओपनर मयङ्कले ५० बलमा १० चौका र ७ छक्कासहित १०६ रनको शानदार इनिङ खेले।

त्यस्तै ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रनमा अविजित रहे।

राजस्थानका लागि अंकित राजपूत र टोम कुरानले १/१ विकेट लिए।

राजस्थानलाई जितका लागि १२० बलमा २२४ रन आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्