एजेन्सी। बेन्फिकाका रक्षक रुबेन डियाज पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीमा आबद्ध हुने तयारीमा रहेको इङलिस सञ्चार माध्यमहरुले जनाएका छन्। बर्नमाउथबाट नाथान एकेलाई भित्र्याइसकेका ग्वार्डिओला रक्षापंक्ति बलियो बनाउने अभियानमा छन्।
यसैगरी डियाज पनि बेन्फिका छोड्ने इच्छा गरिरहेका थिए। यही क्रममा ग्वार्डिओलाले डियाजलाई भित्र्याउन लागेको बताइएको छ। डियाजलाई भित्र्याउँदा सिटीले भेट्रान सेन्टर ब्याक निकोलस ओटामेन्डीलाई बेन्फिका पठाउने छ।
यसैगरी बार्सिलोनाले अंशु फातीका लागि आएको १५ करोड युरोको प्रस्ताव अस्वीकार गरेको स्पेनिस खेल दैनिक मार्काले जनाएको छ। म्यानचेस्टर युनाइटेडले फातीलाई भित्र्याउन इच्छा देखाएको थियो। तर, १५ करोड युरोको प्रस्ताव कुन क्लबले गरेको भन्ने सूचना भने मार्काले खुलाएको छैन।
" /> एजेन्सी। बेन्फिकाका रक्षक रुबेन डियाज पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीमा आबद्ध हुने तयारीमा रहेको इङलिस सञ्चार माध्यमहरुले जनाएका छन्। बर्नमाउथबाट नाथान एकेलाई भित्र्याइसकेका ग्वार्डिओला रक्षापंक्ति बलियो बनाउने अभियानमा छन्।यसैगरी डियाज पनि बेन्फिका छोड्ने इच्छा गरिरहेका थिए। यही क्रममा ग्वार्डिओलाले डियाजलाई भित्र्याउन लागेको बताइएको छ। डियाजलाई भित्र्याउँदा सिटीले भेट्रान सेन्टर ब्याक निकोलस ओटामेन्डीलाई बेन्फिका पठाउने छ।

">