काठमाडौं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले खेलाडीहरू ‘मेसिन होइनन’ भन्दै फुटबल प्रशासनले निकालेको व्यस्त खेलतालिकाको कडा आलोचना गरेका छन्।
कोभिड-१९ विश्वव्यापी महामारीका कारण प्रभावित वितेको सिजन प्रभावित भएपछि क्लबहरूले यसपाली दुई महीनाको सिजन ब्रेक पनि पाएका थिएनन्।
एक महीनाभन्दा कम समयको आरामपछि फेरि नयाँ सिजनका लागि मैदान उत्रिँदा सिटीले तीन दिनको बीचमा दुई खेल खेल्नुपरेको छ।
बिहीबार इएफएल कपको खेलमा जित हासिल गरेको सिटीले आज प्रिमियर लिगअन्तर्गत लेस्टर सिटीलाई निम्त्याउँदै छ। यही सन्दर्भमा ग्वार्डिओलाले खेलाडीको स्वास्थ्य तथा फिट्नेसलाई बेवास्ता गर्दै प्रशासनले व्यस्त खेल तालिका निकालेको भन्दै आलोचना गरेका हुन्।
आइतबारको खेलमा ग्वार्डिओलाको टोलीमा चोटका कारण ग्याब्रिअल जिससको साथ हुने छैन। उनीअघि नै सर्जिगो अग्वेरो, बर्नार्डो सिल्भा, जोआवो क्यान्सेलो र ओलेक्जेन्डर जिन्चेन्को चोटका कारण अनुपस्थित छन्।
“खेलाडीको बारेमा कसैले पनि वास्ता गर्दैनन्। फुटबल उनीहरूका लागि व्यावसायमात्र हो,” ग्वार्डिओलाले आक्रोश पोखे, “म्यानचेस्टर सिटीकोमात्र कुरा होइन, इङल्यान्डकोमात्र पनि कुरा होइन। खेलाडीबारे विश्वमै कसैले वास्ता गर्दैनन्। प्रिमियर लिग, युइएफए, इएफएल सबैको ध्यान खेलाडीभन्दा व्यापारमा छ।”
" /> काठमाडौं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले खेलाडीहरू ‘मेसिन होइनन’ भन्दै फुटबल प्रशासनले निकालेको व्यस्त खेलतालिकाको कडा आलोचना गरेका छन्।कोभिड-१९ विश्वव्यापी महामारीका कारण प्रभावित वितेको सिजन प्रभावित भएपछि क्लबहरूले यसपाली दुई महीनाको सिजन ब्रेक पनि पाएका थिएनन्।

">