मनिष पान्डेको अर्धशतकमा हैदराबादले कोलकातालाई दियो १४३ रनको लक्ष्य

काठमाडौं। मनिष पाण्डेको अर्धशतकप्रेरित सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई १४३ रनको विजय लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४२ रनको योगफल तयार पार्‍यो।

हैदराबादका लागि ओपनिङमा आएका कप्तान डेभिड वार्नरले ३० बलमा २ चौका र १ छक्कासहित ३६ रनको योगदान गरे।

त्यस्तै मनिषले ३८ बलमा ३ चौका र २ छक्कासहित ५१, तथा ऋद्धिमान साहाले ३० बलमा ३१ रन जोडे।

अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन नसक्दा हैदराबादले १२० बलमा १४२ रन मात्र बनाउन सक्यो।

कोलकाताका लागि प्याट कमिन्स, बरुण चक्रवर्ती र आन्द्रे रसलले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्