अग्सबर्गसँग डर्टमन्ड पराजित <p>एजेन्सी। थोमस टचेलको बोरुसिया डर्टमन्ड&nbsp;जर्मन बुन्डेसलिगामा आज अग्सबर्गसँग २-० गोलको नतिजामा पराजित भएको छ।</p> <p>अग्सबर्गको मैदानमा भएको खेलको पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा फेलिक्स उदोखाईले गरेको गोलसँगै घरेलु टोलीले अग्रता लिएको थियो।</p> <p>पहिलो हाफमा १-० ले पछि परेको डर्टमन्डले दोस्रो हाफमा थप एक गोल खायो। ड्यानियल कालिग्युरीले ५४औं मिनेटमा गोल गर्दै अग्सबर्गको नतिजा दोब्बर पारेका थिए।</p> <p>यसअघि भएको पहिलो खेलमा १ जित हासिल गरेको डर्टमन्डको ३ अंक छ भने दुवै खेलमा जित निकालेको अग्सबर्गको ६ अंक छ।</p>
प्रतिक्रिया दिनुहोस्