कोलकाताविरुद्ध पहिले ब्याटिङ गर्ने हैदराबादको निर्णय
<p>काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज हुने खेलमा सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर ब्याटिङ रोजेका छन्।</p>
<p>कोलकाता नाइट राइडर्सविरुद्ध नेपाली समयअनुसार ७:४५ बजे सुरु हुने खेलमा हैदराबाद जारी सिजनको पहिलो जित निकाल्ने योजनामा छ।</p>
<p>हैदराबाद पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरसँग पराजित भएको थियो।</p>
<p>त्यस्तै पहिलो खेलमा मुम्बई इन्डियन्ससँग पराजित भएको कोलकाता पनि आजको खेलमा दुई अंक बटुल्न चाहन्छ।</p>
प्रतिक्रिया दिनुहोस्
