ब्राइटनमाथि युनाइटेडको संघर्षपूर्ण जित

एजेन्सी। इन्जुरी सयममा पाएको पेनाल्टीको मद्दतमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा आज ब्राइटन एन्ड होभ अल्बियनविरुद्ध २-३ गोलको जित हासिल गरेको छ।

यसअघि खेलमा घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३-१ ले पराजित भएको युनाइटेडले ब्राइटनविरुद्ध हासिल गरेको नाटकीय जित नै पहिलो सुखद् नतिजा हो।

ब्राइटनको मैदानमा भएको खेलको ४० पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा निल मौपेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

त्यसको ३ मिनेट नबित्दै ब्राइटन कप्तान लेविस डन्कले गरेको आतमघाति गोलसँगै युनाइटेडले बराबरी गर्‍यो।

गोलका लागि संघर्षरत युनाइटेडका लागि ५५औं मिनेटमा ब्रुनो फर्नान्डेजले दिएको पासलाई मार्कस रासफोर्डले गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए।

तर इन्जुरी समयमा सोली मार्सले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए। तर, खेलको अन्तिम समयमा मौपेले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि युनाइटेडले पेनाल्टी पायो।

ब्रुनोले सोही पेनाल्टीको सदुपयोग गर्दै युनाइटेडका लागि २-३ को जित निश्चित गरे।

प्रतिक्रिया दिनुहोस्