अंकविहीन वेस्ट ब्रोमले आज चेल्सीको सामना गर्दै
एजेन्सी। सुरुआती दुई खेलमा मिश्रित नतिजा निकालेको चेल्सीले आज वेस्ट ब्रोमविच अल्बियनको सामना गर्दैछ।

पहिलो खेलमा ब्राइटनलाई ३-१ गोलको नतिजामा पराजित गरको चेल्सी दोस्रो खेलमा लिभरपुसँग पराजित भएको थियो।

यस वर्ष सरुवा बजारमा उल्लेख्य पैसा खर्च गरेको चेल्सी उपाधिमा दाबेदारी प्रस्तुत गर्न आजको खेल जित्नै पर्ने दबाबमा छ।

पहिलो खेलमा लेस्टर सिटीसँग ३-० को नतिजामा पराजति भएको वेस्ट ब्रोम दोस्रो खेलमा एभर्टनसँग ५-२ ले स्तब्ध भएको थियो।

सुरुआती दुई खेलमा अंकविहीन वेस्ट ब्रोमले आज घरेलु मैदानमा तीन अंकका लागि भ्रमणकारी चेल्सीलाई चुनौती दिने सम्भावना छ।

चेल्सीले यसै सिजन भित्र्याएका खेलाडीहरू बेन चिलवेल, हाकिम जियाच, टिएगो सिल्भाले पनि आजको खेलमा डेब्यू गर्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्