उत्कृष्ट लयमा भएका प्यालेस र एभर्टन भिड्दै
एजेन्सी। सुरुआती दुई खेलमा सतप्रतिशत नतिजा निकालेको क्रिस्टल प्यालेसले इङ्लिस प्रिमियर लिगमा आज एभर्टनको सामना  गर्दैछ।

पहिलो खेलमा साउथह्याम्टन तथा दोस्रो खेलमा म्यानचेस्टर युनाइटेडलाई उसैको मैदानमा स्तब्ध पारेको प्यालेस आजको खेलमा पनि सोही लय कायम राख्न चाहन्छ।

तर, पहिलो खेलमा जोसे माउरिन्होको टोटेनह्यामलाई उसैको मैदानमा पराजित गरेको कार्लो एन्सेलोटीको एभर्टन पनि कम छैन।

यसर्थमा आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण भएकाले प्रतिस्पर्धात्मक हुनेछ।

यी दुईबीचको खेल नेपाली सयमअनुसार ७:४५ बजे प्यालेसको मैदान शेलहर्स्ट पार्कमा सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्