ब्राइटनविरुद्ध जित्नै पर्ने दबाबमा युनाइटेड

एजेन्सी। इङ्लिस प्रिमियर लिगअन्तर्गत आज हुने पहिलो खेलमा ब्राइटन एन्ड हो अल्बियनले म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ।

नेपाली समयअनुसार ५:१५ बजे ब्राइटनको मैदानमा सुरु हुने खेलमा युनाइटेड जारी सिजनको पहिलो जितको खोजीमा हुनेछ।

घरेलु मैदानमा भएको पहिलो खेलमा क्रिस्टल प्यालेससँग ३-१ गोलको नतिजामा पराजित भएको युनाइटेडको आज हुने दोस्रो खेल हो।

त्यस्तै पहिलो खेलमा चेल्सीसँग ३-१ ले पराजित भएको ब्राइटनले दोस्रो खेलमा न्युक्यासल युनाइटेडलाई ३-० ले पराजित गरेको थियो।

सुरुआती दुई खेलमा मिश्रित नतिजा निकालेको ब्राइटन आजको खेलमा तीन अंक बटुल्न चाहन्छ।

उपाधि होडमा सुरुआतदेखि नै चुनौती दिनका लागि युनाइटेडलाई आजको खेल जित्नै पर्ने दबाब छ।

प्रतिक्रिया दिनुहोस्