सन्दीपको दिल्लीले चेन्नईलाई ४४ रनले हरायो

काठमाडौं‌। सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज चेन्नई सुपर किङ्ग्सलाई ४४ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७५ रनको योगफल तयार गरेको थियो।

१७६ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिकएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो।

दिल्लीले पृथ्वी शहको अर्धशतक मद्दतमा ३ विकेट गुमाएर १७५ रनको योगफल तयार गर्‍यो।

दिल्लीका शहले ४३ बलको सामना गर्दै ९ चौका र १ छक्कासहित ६४ रन बनाउँदा शिखर धवनले २७ बलमा ३५ रन जोडेका थिए।

त्यस्तै ऋषभ पन्तले २५ बलमा ५ चौकासहित अविजित ३७ रन बनाए भने कप्तान श्रेयस ऐयर २२ बलमा २६ रन जोडेर पेभेलेयन फर्केका थिए।

चेन्नईका लागि पियुस चावलाले २ तथा साम कुरानले १ विकेट लिए। आजको खेलमा सन्दीप सुरुआती ११ मा परेका थिएनन्।

चेन्नईका लागि ३५ बलमा ४ चौकासहित फाप डू प्लेसिसले ४३ तथा केदार जाधवले ३६ रन बाहेक अरुले उल्लेख्य योगदान गर्न सकेनन्।

दिल्लीका लागि कागिसो रवाडाले ३ तथा अन्‍रिच नोर्ट्जेले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्