सन्दीपको दिल्लीले चेन्नईलाई दियो १७६ रनको लक्ष्य
काठमाडौं। सन्दीप लामिछाने बिना मैदानमा उत्रिएको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज चेन्नई सुपर किङ्ग्सलाई १७६ रनको विजय लक्ष्य दिएको छ।
शहले ४३ बलको सामना गर्दै ९ चौका र १ छक्कासहित ६४ रन बनाउँदा शिखर धवनले २७ बलमा ३५ रन जोडे।
त्यस्तै ऋषभ पन्तले २५ बलमा ५ चौकासहित अविजित ३७ रन बनाए भने कप्तान श्रेयस ऐयर २२ बलमा २६ रन जोडेर पेभेलेयन फर्के।
चेन्नईका लागि पियुस चावलाले २ तथा साम कुरानले १ विकेट लिए। आजको खेलमा सन्दीप सुरुआती ११ मा परेका छैनन्।
प्रतिक्रिया दिनुहोस्