काठमाडौं। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले युरोपा लिग छनोट प्रतियोगितामा उत्तर मासेडोनियाको केएफ स्केन्डिजाविरुद्धको खेलमा गोल पोष्ट सानो भएको बताएका छन्। उक्त खेलमा प्रिमियर लिगको क्लब टोटेनह्याम ३-१ ले विजयी भएको थियो।
टोटेनह्यामको जितमा इरिक लामेला, सन ह्युङ-मिन र ह्यारी केनले गोल गरेका थिए। घरेलु टीम केएफ स्केन्डिजाका भालमिर नाफिउले गोल गरेका थिए।
खेलअघि वार्मअप गर्नेक्रममा गोलकिपर जोए हर्ट र ह्युगो लोरिसले प्रशिक्षकसँग पोष्टको उचाई ठीक नभएको गुनासो गरेका थिए।

‘‘खेलअघि रमाइलो घटना भयो। मेरा गोलकिपरहरुले पोष्ट सानो भएको गुनासो गरे,’’ टोटेनह्यामका प्रशक्षिक माउरिन्होले भने, ‘‘त्यसपछि आफैं गएर हेरें। पोष्ट सानो थियो। गोलकिपरहरूले घण्टौं समय पोष्टमा विताएका हुन्छन्। उनीहरूलाई पोष्टको आकार राम्रोसँग थाहा हुन्छ। म गोलकिपर त होइन। तर मैले बच्चादेखी फुटबल खेल्न थालेको हुँ। मैले पनि पोष्ट ठिक नभएको महसुस गरें।’’
समाजिक सञ्जाल इन्स्टाग्राममा गोल पोष्टको फोटो राखेका माउरिन्होले थपे, ‘‘हामीले युईएफएका अधिकारीलाई भन्यौं। पोष्ट पाँच सेन्टिमिटर सानो थियो।’’
उक्त रंगशाला केएफ स्केन्डिजाको पनि घरेलु मैदान थिएन। केएफ स्केन्डिजाको घरेलु मैदानले युईएफएको मापदण्ड पूरा नगर्ने भएका कारण उक्त मैदानमा खेलाइएको थियो।
" /> काठमाडौं। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले युरोपा लिग छनोट प्रतियोगितामा उत्तर मासेडोनियाको केएफ स्केन्डिजाविरुद्धको खेलमा गोल पोष्ट सानो भएको बताएका छन्। उक्त खेलमा प्रिमियर लिगको क्लब टोटेनह्याम ३-१ ले विजयी भएको थियो।टोटेनह्यामको जितमा इरिक लामेला, सन ह्युङ-मिन र ह्यारी केनले गोल गरेका थिए। घरेलु टीम केएफ स्केन्डिजाका भालमिर नाफिउले गोल गरेका थिए।

">