काठमाडौं। लियाम डेलापले डेब्यू खेलमा गोल गरेको दिन साविक विजेता म्यानचेस्टर सिटीले गएराति लिग कपको तेस्रो चरणमा बर्नमाउथलाई २-१ ले पराजित गरेको छ।
१७ वर्षे फरवार्ड डेलापले फिल फोडानको पासमा गरेको गोलबाट सिटीले १८औं मिनेटमा अग्रता लिएको थियो। भ्रमणकारी बर्नमाउथका साम सुर्रिजले २२औं मिनेटमा बराबरी गोल फर्काए। खेल सकिन १५ मिनेट बाँकी हुँदा फोडानले गरेको गोल सिटीको जितमा निर्णायक बन्यो।
‘‘सानो छँदा सिनियर टीमबाट फुटबल खेल्ने सपना देख्थे,’’ डेलापले भने, ‘‘आज सिनियर टीममा डेब्यू गरेर गोल पनि गरे। तर यसबाट म धेरै खुशी छैन।’’
डेलाप स्टोक सिटीका पूर्वमिडफिल्डर रोरीका छोरा हुन्। उनी २०१९ मा सिटीको एकेडेमीमा भर्ना भएका थिए। डेलाप भन्छन्, ‘‘आज पहिलो रोजाईमा पर्दा अचम्म लागेको थियो। भविष्यका लागि यो सकरात्मक पाइला हो।’’
प्रशिक्षक पेप ग्वार्डिओलाले २० वर्षभन्दा मुनिका पाँच खेलाडीलाई अवसर दिएका थिए। जितसँगै सिटीले अब चौथो चरणमा प्रिमियर लिगको प्रतिद्वन्द्वी बर्नलीविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। लियाम डेलापले डेब्यू खेलमा गोल गरेको दिन साविक विजेता म्यानचेस्टर सिटीले गएराति लिग कपको तेस्रो चरणमा बर्नमाउथलाई २-१ ले पराजित गरेको छ।१७ वर्षे फरवार्ड डेलापले फिल फोडानको पासमा गरेको गोलबाट सिटीले १८औं मिनेटमा अग्रता लिएको थियो। भ्रमणकारी बर्नमाउथका साम सुर्रिजले २२औं मिनेटमा बराबरी गोल फर्काए। खेल सकिन १५ मिनेट बाँकी हुँदा फोडानले गरेको गोल सिटीको जितमा निर्णायक बन्यो।

">