काठमाडौं। लिग कपमा लिङकनमाथि ७-२ को विजय हासिल गरेपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले युवा खेलाडी कर्टिस जोन्सलाई असाधारण प्रतिभा भनेर प्रशंसा गरे।
‘‘भविष्यमा उनीसँग पक्कै पनि रमाइला क्षणहरू विताउनेछौं,’’ प्रशिक्षक कलोपले १९ वर्षे जोन्सबारे भने। आर्सनलले अब चौथो चरणमा प्रिमियर लिगको प्रतिद्वन्द्वी आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।
भ्रमणकारी लिभरपुलले जर्दान साकिरीको गोलबाट नवौं मिनेटमा अग्रता लिएको थियो। ताकुमी मिनामिनोले १८औं मिनेटमा अग्रता दोब्बर बनाए। जोन्सले ३२ र ३६औं मिनेटमा गोल गरे। ४६औं मिनेटमा मिनामिनोले व्यक्तिगत दोस्रो गोल गरे।
६०औं मिनेटमा घरेलु टीमका टायो इडुनले गोल फर्काए। ६५औं मिनेटमा लिभरपुलका मार्को ग्रुजिकले अर्को गोल थपे। ६७औं मिनेटमा लिङ्कनका लेविस मोन्समाले गोल फर्काए। खेल सकिन एक मिनेट बाँकी हुँदा लिभरपुलका डिभोक ओरिगीले अर्को गोल थपेपछि लिभरपुलले सहज विजय हासिल गर्यो।
रक्षक रेस विलियम्स र कोस्टास सिमिकास तथा फरवार्ड डिएगो जोटाले दोस्रो हाफमा लिभरपुलबाट डेब्यू गरे।
" /> काठमाडौं। लिग कपमा लिङकनमाथि ७-२ को विजय हासिल गरेपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले युवा खेलाडी कर्टिस जोन्सलाई असाधारण प्रतिभा भनेर प्रशंसा गरे।‘‘भविष्यमा उनीसँग पक्कै पनि रमाइला क्षणहरू विताउनेछौं,’’ प्रशिक्षक कलोपले १९ वर्षे जोन्सबारे भने। आर्सनलले अब चौथो चरणमा प्रिमियर लिगको प्रतिद्वन्द्वी आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।

">