राहुलको शतकमा पञ्जाबले बेङ्ग्लोरलाई दियो २०७ रनको लक्ष्य

काठमाडौं। केएल राहुलको अविजित शतकप्रेरित किङ्ग्स इलेभेन पञ्जाबले रोयल इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई २०७ रनको विजय लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबका लागि कप्तान राहुलले ६९ बलमा १४ चौका र ७ छक्कासहित अविजित १३२ रनको योगदान गरे।

त्यस्तै मयन्क अग्रवालले २० बलमा ४ चौकासहित २६ रनको योगफल बनाउनु बाहेक अन्य ब्याट्सम्यानले २० को आँकडा पार गर्न सकेनन्।

ओपनिङमा आएका राहुलले अविजित इनिङ खेलेपछि पञ्जाबले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर २०६ रन बनायो।

विराट कोहली नेतृत्वको बेङ्ग्लोरलाई १२० बलमा २०७ रन आवश्यक हुनेछ।

प्रतिक्रिया दिनुहोस्