ज्लाटान इब्राहिमोभिचलाई कोरोना संक्रमण पुष्टि
<p>एजेन्सी। स्विडिस स्ट्राइकर ज्लाटान इब्राहिमोभिचलाई कोरोना भाइरसको संक्रमण भएको उनको क्लब एसी मिलानले पुष्टि गरेको छ।</p>
<p>युरोपा लिग तेस्रो चरणको छनोट खेलअघि बिहीबार इटालियन सिरी 'ए'को टोली मिलानले आफ्ना स्ट्राइकरलाई संक्रमण भएको पुष्टि गरेको हो।</p>
<p>युरोपा लिगमा मिलानले आज राति नर्वेको टोली बोडो ग्लिम्टसँग प्रतिस्पर्धा गर्नेछ।</p>
<p>"क्लबले सरोकारवाला निकायलाई यसबारे जानकारी गराइसकेको छ। ज्लाटान पनि संक्रमण पुष्टि हुने बित्तिकै होम क्वारेन्टिनमा बसेका छन्," मिलानले बिहीबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, "टिमका अरु सबै खेलाडी, प्रशिक्षण टोलीका सदस्य तथा कर्मचारीहरुको परीक्षण नतिजा नेगेटिभ आएको छ।"</p>
प्रतिक्रिया दिनुहोस्
