एजेन्सी। युईएफए च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले आज राति युरोपा लिग विजेता सेभियासँग प्रतिस्पर्धा गर्दैछन्।
पोर्चुगलको डा लुईज रंगाशालामा बायर्नले किङ्सले कोम्यानको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो। त्यसको एक महिना नवित्दै युरोपियन च्याम्पियन बायर्नले सेभियासँग युईएफए सुपर कपमा प्रतिस्पर्धा गर्न लागेको हो।
हंगेरीको पुस्कास एरिनामा सुपरको कपको उपाधि जित्दै बायर्न फेरि एक पटक बुन्डेसलिगा र च्याम्पियन्स लिग जित्ने अभियानमा हेमिन चाहन्छ।
युरोपा लिगमा कीर्तिमानी उपाधि उचालेको सेभिया पनि २००६ को सफलता दोहोर्याउन चाहन्छ। २००६ मा उपाधि जितेको सेभिया २००७, २०१४, २०१५ र २०१६ मा भने उपविजेतामा सीमित भएको थियो।
कोभिड–१९ महामारी सुरु भएपछि युरोपियन क्लब प्रतियोगितामा दर्शक उपस्थित हुने यो पहिलो खेल हुनेछ। बुढापेष्टको पुस्कार एरिनामा दुबै टीमले तीन हजार टिकट बिक्री गर्न पाउनेछन्। २५ अगष्टमा युईएफएको कार्य समितिले दर्शक प्रवेश गर्न दिने निर्णय गरेको थियो।
यस खेलमा बायर्न म्युनिखलाई बलियो टीममा लिइएको छ। तर युरोपा लिग विजेता सेभिया त्यसलाई गलत साबित गर्दै उपाधि उचाल्न चाहन्छ। बायर्न र सेभिया यसअघि २०१७/१८ को च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आमनेसामने भएका थिए। दोस्रो लेग गोलरहित बराबरीमा सकिए पनि पहिलो लेगमा हासिल गरेको २–१ को नतिजामा बायर्नले अन्तिम चारमा स्थान बनाएको थियो।
गत वर्ष च्याम्पियन्स लिग विजेता लिभरपुलले सुपर कपको उपाधि जितेको थियो। सुपर लिगको ४४ मध्ये २४ संस्करणमा च्याम्पियन्स लिग जित्ने उपाधि उचालेको छ।
च्याम्पियन्स लिगको फाइनलमा निर्णायक गोल गरेका कोम्यान र यसै सिजन अनुबन्ध गरेको टनगुए नियाजोउ बायर्नको टीममा उपलब्ध हुने सम्भावना कम छ। तर चोटका कारण मैदान बाहिर रहेका रक्षक अल्फान्सो डेभिस भने टीममा फर्किनेछन्।
बार्सिलोनाबाट सेभियामा अनुबन्ध भएका इभान राकेटिच खेल्ने सम्भावना बढी छ। राकेटिच ६ वर्षको बार्सिलोना बसाईपछि पुनः सेभिया फर्किएका हुन्।