पहिलो खेलमै हार्‍यो कोलकाता
काठमाडौं। कप्तान रोहित शर्माको अर्धशतकप्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ।
अबुधावीस्थित शेख जाइद रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईका लागि ओपनिङमा आएका कप्तान शर्माले ५४ बलमा ३ चौका र ६ छक्कासहित ८० रन जोडेका थिए। त्यस्तै २८ बलमा ६ चौका र १ छक्कासहित ४७ रन बनाएका सूर्यकुमार यादव ३ रनले अर्धशतक बनाउनबाट चुके।
कोलकाताका लागि किफायती बलिङ गरेका शिवम माभीले ४ ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए।
१९६ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका लागि प्याट कमिन्सले ३३, कप्तान दिनेश कार्तिकले ३० र नितिश रानाले २४ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन्।
प्रतिक्रिया दिनुहोस्