मुम्बईले कोलकातालाई दियो १९६ रनको विजय लक्ष्य
काठमाडौं। कप्तान रोहित शर्माको विस्फोटक अर्धशतकको मद्दतमा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले जारी खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १९६ रनको लक्ष्य दिएको छ।
अबुधावीस्थित शेख जाइद रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईका लागि ओपनिङमा आएका कप्तान शर्माले ५४ बलमा ३ चौका र ६ छक्कासहित ८० रन जोडे। त्यस्तै २८ बलमा ६ चौका र १ छक्कासहित ४७ रन बनाएका सूर्यकुमार यादव ३ रनले अर्धशतक बनाउनबाट चुके।
कोलकाताका लागि किफायती बलिङ गरेका शिवम माभीले ४ ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए।
जारी सिजनको पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको थियो भने कोलकाताको यो नै पहिलो खेल हो।
प्रतिक्रिया दिनुहोस्