आफ्नो पहिलो खेलमा मुम्बईविरुद्ध कोलकाताले टस जितेर फिल्डिङ गर्ने <p>काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ।</p> <p>अबुधावीस्थित शेख जाइद रंगशालामा नेपाली समयअनुसार ७:४५ बजे सुरु हुने खेलमा कोलकाताका कप्तान दिनेश कार्तिकले फिल्डिङको निर्णय गरेका हुन्।</p> <p>कोरोना भाइरसका कारण यूएईमा&nbsp;जारी यो सिजनको पहिलो खेल जित्दै कोलकाता प्रतियोगिताको&nbsp; सुखद् सुरुआत गर्न चाहन्छ।</p> <p>अर्कोतर्फ पहिलो खेलमा चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको मुम्बई पनि लयमा फर्किन चाहन्छ।</p>
प्रतिक्रिया दिनुहोस्