एजेन्सी। चेल्सीका प्रशिक्षक फ्र्यांक लाम्पार्डले सरूवाबजार बन्द हुनुपूर्व स्टामफोर्ड ब्रिज छोड्न मिल्ने गरी एन्टोनियो रूडिगर र कालम हड्सन ओडोइका लागि बाटो खुल्ला गरेका छन्।
जारी सरूवाबजारमा २० करोड पाउन्ड बराबरको खर्च गरेर प्रतिभावान खेलाडीहरू भित्र्याएका लाम्पार्डले टिममा स्वस्थ प्रतिस्पर्धाको वातावरण पक्का गर्नका लागि केही खेलाडी बेच्ने योजना बनाएका छन्।
टिम काटछाँट गर्ने लाम्पार्डको योजनामा रूडिगर र हड्सन ओडोईले स्टामफोर्ड ब्रिज छोड्नुपर्ने दी गार्जियनले दाबी गरेको छ।
काराबाओ कपको तेस्रो चरणको खेलमा आज राति बार्नस्लेविरूद्ध मैदान उत्रिने तयारीमा रहेको चेल्सीका प्रशिक्षक लाम्पार्डले आफ्नो क्षमताले भ्याएसम्म बलियो टोली बनाउने योजनामा रहेको बताए।
२७ वर्षीय रूडिगरलाई चेल्सीले जारी सिजनमा अहिलेसम्म मैदान उतारेको छैन। ब्राइटनमाथि ३-१ को जित हासिल गरेको खेलमा बेञ्चमै सीमित राखिएका सेन्टर ब्याक रूडिगर सप्ताहन्तमा साविक विजेता लिभरपुलसँग २-० ले पराजित हुँदा पनि मैदान उत्रिएका थिएनन्।
“सरूवाबजार बन्द हुनुअघि स्वस्थ प्रतिस्पर्धाका लागि बलियो टिम बनाएर हामी सिजन सुरू गर्नेछौं। सम्भव भएसम्मको बलियो टिम बनाउनु मेरो लक्ष्य हो। त्यसका लागि आउँदो दुई सातासम्म खेलाडीहरूसँग पर्याप्त मात्रामा छलफलहरू हुनेछन्,” लाम्पार्डले भने।

यसैगरी १९ वर्षीय हड्सन ओडोई ब्राइटनविरूद्धको खेलमा समय सकिन १० मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरे पनि लिभरपुलविरूद्धको खेलमा भने बेञ्चमै सीमित थिए। गत सेप्टेम्बरमा उनले चेल्सीसँग पाँच वर्षे सम्झौता गरेका थिए।
दी टेलिग्राफका अनुसार युरोपियन च्याम्पियन बायर्न म्युनिखले इङल्यान्ड अन्तर्राष्ट्रिय विंगर हड्सन ओडोईलाई एक वर्षे लोनमा भित्र्याउने सम्भावना बलियो छ। डेढ वर्षअघि जर्मन बुन्डेसलिगाको महारथी बायर्नले उनलाई स्थायी सम्झौता गरेरै भित्र्याउने असफल प्रयास गरेको थियो।