एजेन्सी। कोरोना भाइरस महामारीका कारण खाली रंगशालामा फुटबल खेल्नुपर्दा गत सिजनमा इङल्यान्डका क्लबहरुले ७० करोड पाउन्ड घाटा बेहोरेको दी प्रिमियर लिगले जनाएको छ।
लिगका अनुसार भर्खरै सुरु भएको सिजनमा पनि दर्शकको उपस्थितिविना खेल्नुपर्दा फुटबल क्लबहरुले मासिक १० करोड पाउन्डभन्दा बढी क्षति बेहोर्नुपरिरहेको जनाएको छ।
“फुटबल क्लब र फुटबल समुदायलाई अत्यन्तै खराव प्रभावको सुरुआत हुन थालेको छ,” लिगको विज्ञप्तिमा उल्लेख छ, “दर्शकविनाको फुटबल स्वाभाविक हुन सक्दैन। फुटबल अर्थतन्त्र दर्शकको उपस्थितिविना थेग्न सम्भव हुँदैन।”
अक्टोबर १ देखि दर्शकलाई रंगशाला आउन दिने भन्दै गरेको निर्णयमा कोरोना भााइरस संक्रमणको दोस्रो लहर देखिन थालेपछि बेलायत सरकारले पुनर्विचार गरेको छ। दूरी कायम राख्दै खेल सञ्चालन गर्न पाइने सरकारको पूर्वनिर्णय तत्काललाई स्थगनमा राखिएको प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार घोषणा गरेका थिए।
तर प्रिमियर लिगले भने सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षित रुपमा दर्शकसहितको फुटबल गराउन सकिने बताएको छ। सरकारले अन्य सार्वजनिक गतिविधिमा रोक नलगाएको र फुटबल अन्य गतिविधिभन्दा सुरक्षित हुने लिगको दाबी छ।
“सरकारी मापदण्डअनुसारकै दुरी कायम गरेर थोरै दर्शकलाई मात्र रंगशाला प्रवेश गराउन सकिन्छ। मास्क लगाउनेलगायतका अन्य मापदण्ड पनि पालना गराउन सकिन्छ। यसअघि नै युरोपका अन्य लिगहरुमा यस्तो अभ्यासले सफलता पाइसकेको छ। त्यसैले हामी सरकारसँग इङलिस फुटबलमा पनि दर्शकको उपस्थिति हुने वातावरण बनाउन अनुरोध गर्न चाहन्छौं,” लिगको विज्ञप्तिमा भनिएको छ।
" /> एजेन्सी। कोरोना भाइरस महामारीका कारण खाली रंगशालामा फुटबल खेल्नुपर्दा गत सिजनमा इङल्यान्डका क्लबहरुले ७० करोड पाउन्ड घाटा बेहोरेको दी प्रिमियर लिगले जनाएको छ।लिगका अनुसार भर्खरै सुरु भएको सिजनमा पनि दर्शकको उपस्थितिविना खेल्नुपर्दा फुटबल क्लबहरुले मासिक १० करोड पाउन्डभन्दा बढी क्षति बेहोर्नुपरिरहेको जनाएको छ।

">