राजस्थानले चेन्नईलाई दियो २१७ रनको लक्ष्य, कप्तान स्मिथ र सेमसन अर्धशतक
काठमाडौं। सन्जु सेमसन र कप्तान स्टेभन स्मिथको विस्फोटक अर्धशतक प्रेरित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत अहिले जारी खेलमा चेन्नई सुपर किङ्ग्सलाई २१७ रनको विजय लक्ष्य दिएको छ।
कोरोना भाइरसका कारण यूइईमा जारी लिगमा आफ्नो पहिलो खेल खेलिरहेको राजस्थानले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको थियो।
ओपनिङमा आएका स्मिथले ४७ बलमा ४ चौका र ४ छक्कासहित ६९ तथा सेमसनले ३२ बलमा १ चौका र ९ छक्कासहित ७४ रनको अर्धशतकीय इनिङ खेले।
चेन्नईका लागि साम कुरानले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस्