भिडाल इन्टर मिलानमा आवद्ध
एजेन्सी। इटालियन सिरी ‘ए’को टोली इन्टर मिलानले बार्सिलोनाबाट आर्टुरो भिडाललाई भित्रयाउने प्रक्रिया पूरा गरेको जनाएको छ।

इन्टरका वर्तमान प्रशिक्षक एन्टोनियो कोन्टेको नेतृत्वमा यसअघि युभेन्टसमा काम  गरिसकेका चिलीका अन्तर्राष्ट्रिय स्टार भिडालले पछिल्लो दुई सिजन स्पेनिस महारथी बार्सिलोनाबाट खेल्ने क्रममा क्याम्प नोउमा बिताएका थिए।

गत सिजन बार्सिलोनाका लागि ४३ खेल खेले पनि नयाँ प्रशिक्षक रोनाल्डो कोम्यानको रोजाईमा नपरेका कारण उनले इन्टरको बाटो तताएका हुन्।

युरोपेली फुटबलमा हाल खुला रहेको सरुवा बजार दौरान बार्सिलोना छोड्ने इभान राकेटिच र आर्थरपछि उनी तेस्रो मिडफिल्डर हुन्।

इन्टरले मंगलबार आफ्नो वेभसाइटमार्फत ३३ वर्षे मिडफिल्डरसँग सम्झौता गरेको पुष्टी गरेको छ।

बार्सिलोनासँग एक वर्षको सम्झौता बाँकी रहँदै इन्टर सरुवा भएका भिडालले यसअघि कोलो–कोलो, बायर लेभरकुसन र बायर्न म्युनिखबाट पनि खेलिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्