चितवन। नेपाल क्रिकेट संघ (क्यान) को नियमित बैठक आज चितवनको भरतपुरमा बस्दै छ।

लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो।

आज बिहान १० बजे भरतपुर गार्डेन रिसोर्टमा बैठक बस्ने कार्यक्रम तय भएको संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

बैठकका लागि विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्य चितवन आइसकेका छन्।

क्रिकेटको भावी योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको चन्दले बताए।

देशभरका पदाधिकारीलाई भाग लिन सहज होस् भनेर चितवनमा राखिएको उनले जानकारी दिए।

१९ जना सदस्य रहेको बोर्डमा धेरै काठमाडौँ बाहिरका छन्।

बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ।

यस्तै विगत र वर्तमानको समीक्षा गर्दै खेलाडीको प्रशिक्षण, राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने सहभागिताका विषयमा पनि छलफल हुने चन्दले बताए।

आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अध्यक्ष चन्दकाे भनाइ छ।

क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ। यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो।

कोरोना कहरपछि क्यानको यसरी बैठक बस्न सकेको थिएन। हाल क्यानमा ३९ जिल्ला आबद्ध छन्। रासस

" /> चितवन। नेपाल क्रिकेट संघ (क्यान) को नियमित बैठक आज चितवनको भरतपुरमा बस्दै छ।

"> बोर्ड बैठकका लागि क्यान पदाधिकारी तथा सदस्य चितवनमा: Dekhapadhi
बोर्ड बैठकका लागि क्यान पदाधिकारी तथा सदस्य चितवनमा
चितवन। नेपाल क्रिकेट संघ (क्यान) को नियमित बैठक आज चितवनको भरतपुरमा बस्दै छ।

लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो।

आज बिहान १० बजे भरतपुर गार्डेन रिसोर्टमा बैठक बस्ने कार्यक्रम तय भएको संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

बैठकका लागि विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्य चितवन आइसकेका छन्।

क्रिकेटको भावी योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको चन्दले बताए।

देशभरका पदाधिकारीलाई भाग लिन सहज होस् भनेर चितवनमा राखिएको उनले जानकारी दिए।

१९ जना सदस्य रहेको बोर्डमा धेरै काठमाडौँ बाहिरका छन्।

बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ।

यस्तै विगत र वर्तमानको समीक्षा गर्दै खेलाडीको प्रशिक्षण, राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने सहभागिताका विषयमा पनि छलफल हुने चन्दले बताए।

आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अध्यक्ष चन्दकाे भनाइ छ।

क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ। यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो।

कोरोना कहरपछि क्यानको यसरी बैठक बस्न सकेको थिएन। हाल क्यानमा ३९ जिल्ला आबद्ध छन्। रासस

प्रतिक्रिया दिनुहोस्