काठमाडौं। पहिलो हाफमा गरेको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्पटनमाथि ३-१ को नतिजा निकाल्दै नयाँ सिजनमा विजयी शुरूआत गरेको छ।
‘प्रोफेसनल फुटबलर्स एशोसिएसन प्लेयर अफ दी इयर’ अवार्ड विजेता केभिन डी ब्रुयनाको गोलबाट म्यानचेस्टर सिटीले २०औं मिनेटमा अग्रता लिएको थियो। कोभिड-१९ को सुरक्षा प्रोटोकल उल्लंघन गरेका कारण इङ्ल्यान्ड राष्ट्रिय टीमबाट हटाइएका फिल फोडानले ३२औं मिनेटमा अग्रता दोब्बर बनाए।
७८औं मिनेटमा राउल जिमिनेजको गोलबाट उल्भरह्याम्पटनले पुनरागमन गर्ने प्रयास गरेको थियो। तर, अन्तिम मिनेटमा ग्राबियल जिससले गोल थपेपछि सिटीको तीन अंक पक्का भएको थियो।
चोट तथा कोभिड-१९ संक्रमणका कारण सिटीका सात सिनियर खेलाडी टीमबाहिर हुँदा केभिन डी ब्रुयनाले उत्कृष्ट प्रदर्शन गरे।
‘‘पहिलो हाफमा हामीले राम्रो गर्न सकेनौं। सिटीले गोलका धेरै अवसर सिर्जना गरेर हामीलाई समस्यामा पार्यो,’’ उल्भरह्याम्पटनका प्रशिक्षक नुनो स्पिरिटो सान्टोले भने, ‘‘पेनाल्टीमा गोल खाएपछि हामीलाई पुनरागमन गर्न अझ गाह्रो भयो। हामीले पनि गोलका अवसर सिर्जना गरेका थियौं। तर सदुपयोग गर्न नसक्दा खेल परिवर्तन गर्न सकेनौं।’’
" /> काठमाडौं। पहिलो हाफमा गरेको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्पटनमाथि ३-१ को नतिजा निकाल्दै नयाँ सिजनमा विजयी शुरूआत गरेको छ।‘प्रोफेसनल फुटबलर्स एशोसिएसन प्लेयर अफ दी इयर’ अवार्ड विजेता केभिन डी ब्रुयनाको गोलबाट म्यानचेस्टर सिटीले २०औं मिनेटमा अग्रता लिएको थियो। कोभिड-१९ को सुरक्षा प्रोटोकल उल्लंघन गरेका कारण इङ्ल्यान्ड राष्ट्रिय टीमबाट हटाइएका फिल फोडानले ३२औं मिनेटमा अग्रता दोब्बर बनाए।

">