बेङ्ग्लोरले हैदारबादलाई दियो १६४ रनको लक्ष्य
<p>काठमाडौं। देवदत्त पडिक्कल र एबी डी भिलियर्सको अर्धशतक प्रेरित रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई आईपीएलअन्तर्गत अहिले जारी खेलमा १६४ रनको विजय लक्ष्य दिएको छ।</p>
<p>टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनायो। बेङ्ग्लोरका लागि ओपनर देवदत्तले ४२ बलमा ८ चौकासहित ५६ तथा डी भिलियर्सले ३० बलमा ४ चौका र २ छक्कासहित ५१ रनको अर्धशतकीय इनिङ खेले।</p>
<p>१६४ को विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले १.३ ओभरमा बिना विकेटको क्षतिमा १८ रन जोडेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
