हैदराबादविरुद्ध ब्याटिङ गर्दै बेङ्ग्लोर
<p>काठमाडौं। यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादविरुद्ध पहिले ब्याटिङको निम्तो पाएको छ।</p>
<p>हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिले फिल्डिङ रोजेसँगै बेङ्ग्लोरले पहिलो ब्याटिङ गर्नु परेको हो।</p>
<p>शनिबारदेखि सुरु भएको लिगको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो। त्यस्तै हिजो भएको खेलमा दिल्ली क्यापिटल्ससँग किङ्ग्स इलेभेन पञ्जाब सुपर ओभरमा पराजित भएको थियो।</p>
<p>पहिलो ओभरको समाप्तीमा बेङ्ग्लोरले कुनै पनि विकेट नगुमाई २ रन जोडेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
