इमर्जिङ टिम्स कप: बंगलादेशसामु नेपालद्वारा १३९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत नेपालले समूहको तेस्रो खेलमा आज बंगलादेशसँग खेलिरहेको छ।

टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपालले आयोजक बंगलादेशसामु लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपालको पारी शुरुवाती पाँच ओभर सम्हालिएको देखिए पनि त्यसपछि भने लडखडाएको थियो।

३३ रन हुँदा ६ दशमलब ५ ओभरमा कुशल भुर्तेल (१०) गुमाएको नेपालले ८ औं ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत २२ रनको स्कोरमा गुमायो।

जुन बेला नेपालको स्कोर ३४ रन थियो।

त्यसपछि आएका सदर भेषावकर पनि चल्न सकेनन्। उनी नवौं ओभरको दोस्रो बलमा मात्र एक रन बनाएर आउट भए। दिपेन्द्र ऐरी ६ रनमा आउट हुँदा मोहम्मद आरिफ ११ रनमा पेवेलिएन फर्किए।

त्यस्तै सन्दीप जोरा शून्य रनमा आउट हुँदा पवन सर्राफ पनि धेरैबेर क्रिजमा टिक्न सकेनन्। उनी मात्र ९ रनमा आउट भए। मात्र ८५ रन हुँदा नेपालले विनोद भण्डारीलाई ८ औं विकेटकारुपमा गुमायो।

विनोदले मात्र ८ रन बनाए।

त्यसपछि सोमपाल कामी र करण केसीले नेपालका लागि मध्यम साझेदारी गरे। ५१ रनको साझेदारी हुँदै गर्दा करण केसी व्यक्तिगत १८ रनमा आउट भए।

सोमपाल कामीले ३८ रन बनाए भने सुशन भारी १ रन नटआउट रहे।

यसरी नेपालले ४३ दशमलब ३ ओभरमा सवै विकेट गुमाएर मात्र १ सय ३८ रन बनाउन सक्यो।

ढाकामा जारी प्रतियोगितामा अघिल्ला दुई खेलमा जित निकालेको बगंलादेश समूहको शीर्ष स्थानमा छ।

नेपाल भने एकमा जित र एकमा हार व्यहोर्दै दुई अंक बनाएको छ। सेमिफाइनल पुग्न नेपाललले आजको खेल जित्नै पर्ने हुन्छ।

बंगलादेशलाई हराएपनि नेपालको अन्तिम चारको सम्भावना रनरेटका आधारमा निर्धारण हुनेछ।

यसअघि बंगलादेशले भारत र हङकङलाई हराएको थियो। नेपाल भारतसँग पराजित भएको थियो भने हङकङलाई हराएको थियो।

आजै भारत र हङकङ पनि प्रतिष्पर्धा गर्दैछन्। हङकङले भारतलाई हराएमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ।

प्रतिक्रिया दिनुहोस्